राष्ट्रियसभा निर्वाचन : समाजवादी प्रेस संगठनका १२ पत्रकारको नाम सिफारिस

  आइतबार १५, पुष २०८० १५:०६

काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले राष्ट्रियसभा निर्वाचनका लागि १२ जना पत्रकारलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ।

सो संगठनले अध्यक्ष माधवकुमार नेपालमार्फत गठबन्धनमा पत्रकारिता तथा आमसञ्चारको क्षेत्रमा क्रियाशील, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा संलग्न व्यक्तिहरूको उपस्थिति सुनिश्चित गर्न माग समेत गरेको अध्यक्ष विश्वमणि सुवेदीले बताए।

अध्यक्ष सुवेदीका अनुसार संगठनले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा संगठनको तर्फबाट राष्ट्रियसभा सदस्य पदका लागि शम्भुलाल श्रेष्ठ, किशोर श्रेष्ठ, बोधराज त्रिपाठी, कौशल चेम्जोङ, राममाया भट्टराई, भरतराज पोखरेल, शीतल साह रहेका छन्।

त्यसैगरी विश्वमणि सुवेदी, जीवन बिसी, भीम रसाइली, हेमकर्ण विश्वकर्मा र प्रतिज्ञा बुढा मगरको नाम पनि सिफारिस भएका छन्।

‘त्यसमध्ये जो कोही व्यक्ति र सङ्ख्या छनौट भए पनि हामीलाई मञ्जुर हुने छ’, अध्यक्ष सुवेदीले भनेका छन्।

०४६ सालको संयुक्त जनआन्दोलनदेखि २०६२र६३ को दोस्रो जनआन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्रको बहालीका निम्ति देशका पत्रकार तथा पेसाकर्मीले खेलेको भूमिकालाई स्मरण गर्दै प्रतिनिधिमूलक सदनका रूपमा राष्ट्रियसभालाई अगाडि बढाउनुपर्ने संगठनको भनाइ छ।

clock आइतबार १५, पुष २०८० १५:०६

प्रतिक्रिया