कैलालीको गेटामा स्वास्थ्य मन्त्रीको अनुगमन

  आइतबार १५, पुष २०८० १३:३७

धनगढी । कैलालीको गेटामा निर्माणाधीन भवनहरुको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले अनुगमन गरेका छन्।

उनले गेटामा अवस्थित शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका हुन्। आइतबार विहान अनुगमन गर्दै मन्त्री वस्नेतले गेटामा मेडिकल शिक्षा अध्ययनका लागि अस्पताल सञ्चालन आवश्यक रहेको बताए।

उनले अन्य क्षेत्रबाट चिकित्सकहरु सुदूरपश्चिममा आउन नमान्ने अवस्था देखिएकाले मेडिकल शिक्षा सञ्चालन भएपछि यसै क्षेत्रमा जनशक्ती उत्पादन हुने समेत दाबी गरे।

अस्पताल अनुगमनका क्रममा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले पछिल्लो प्रगति विवरण समेत मन्त्री समक्ष प्रस्तुत गरेका छन्।

clock आइतबार १५, पुष २०८० १३:३७

प्रतिक्रिया