गुटका नाममा आफैँभित्र धेरै झगडा नगरौँ : राणा

  आइतबार १५, पुष २०८० ०७:०१

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले गुटका नाममा आफैँभित्र धेरै झगडा नगर्न आग्रह गरेकी छिन् । केन्द्रीय कार्यसमितिको बैठकमा नेता राणाले पार्टीभित्रको झगडाले जनतामा गलत सन्देश गइरहेको दाबी गरिन् । 

'कांग्रेसमा रहेर बाहिर इम्प्रेसन दिन्छौँ कि हामी बाझेका बाझ्यै छौँ । त्यो राम्रो कुरा होइन, भोट हाम्रै काटिने हो,' नेता राणाले भनिन्, 'गुटको नेता जो पनि हुनसक्छ । पार्टीभित्र गुट हुनु सामान्यजस्तै भइसकेको छ । तर झगडा गरेर समस्या सुल्झिदैन, सहमति र समन्वयको विकल्प छैन ।'

उनले प्रदेशहरूमा भइरहेका पार्टीका कार्यक्रममा देखिएको संकेत गर्दै जनताले नै महसुस गर्ने गरी विवादमा नअल्झिन नेताहरुलाई आग्रह गरिन् । नेता राणाले शुक्रबार बालकुमारी घटनामा दलहरु र सरकार नै जिम्मेवार हुनुपर्ने बताएकी छन् ।

'युवाहरु आफ्नो हक माग्दा मारिएका छन् । उनीहरु घरायसी विवादमा मारिएका होइनन्, रोजगारी खोज्दा मारिएका छन्,' उनले अघि भनिन्, ुयसको पछिल्तिर सरकार र दलहरु नै जिम्मेवार हो ।'

clock आइतबार १५, पुष २०८० ०७:०१

प्रतिक्रिया