आज एसईई आइडलका दुई अडिसन सम्पन्न

  शनिबार १४, पुष २०८० १८:४८

धनगढी । सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आइडल ३ का दई अडिसन सम्पन्न भएका छन् । आज प्रदेश युवा परिषद एसईई आइडलको १८ औं अडिसन कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नम्बर १ मा रहेको शिव माध्यामिक विद्यालयमा सम्पन्न भएको छ ।

त्यसैगरी १९ औं अडिसन डोटी जिल्ला जोरायल गाउँपालिका वडा नम्बर ६ मा रहेको दुर्गा माविमा सम्पन्न भएको छ । आज शिव माविमा सम्पन्न अडिसनमा गाएन र नृत्य विधामा १९ जनाको सहभागिता रहेको थियो । भने दुर्गा माविमा भएको १९ औं अडिसनमा नृत्य र गायन विधामा २० जनाले सहभागिता जनाएका थिए ।

दुबै अडिसनमा सहभागि प्रतिस्पर्धीहरुलाई छात्रवृत्ति कुपन र एसईई सहयोग पुस्तिका निशुल्क रुपमा वितरण गरिएको थियो । १८ औं अडिसनमा बोल्दै शिव मावि किम्तोलाका अध्यक्षले यस्ता किसिमका कार्यक्रमहरुले विद्यार्थिहरुलाई पढाइका साथै अन्य कुराहरुमा पनि अगाडी बढाउने र ती कुराहरु समाजका लागि आवश्यक हुने भएकाले हरेक बर्ष यस्ता किसिमका कार्यक्रम विद्यालयमा गर्ने प्रतिवद्धता जनाए । एसईई आइडलका कार्यक्रम हरेक बर्ष आप्नो विद्यालयमा गर्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

यसैगरि १९ औं अडिसनमा बोल्दै दुर्गा माविका शिक्षक गणेश बमले यस्ता किसिमका प्रतिस्पर्धाका कार्यक्रमहरु बाहिर अन्य संस्थाले गर्नुका साथै विद्यालय तथा पालिकाहरुले आफैले पनि गर्नुपर्ने कुरामा जोड दिए । एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना हुँदैछन् ।

यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् । असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।

फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु. ५०-५० हजार र रु. २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् । थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।

आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ । मुख्य प्रबर्द्धकका रुपमा प्रदेश युवा परिषद्, सुप रहेको एसईई आइडल ३ मा रेडिकल यस कार्यक्रममा रेडिकल एकेडेमी लगायतका विभिन्न संघसंस्थाको पनि विशेष सहयोग रहेको छ ।

clock शनिबार १४, पुष २०८० १८:४८

प्रतिक्रिया