रास्वपा सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले दिए पदबाट राजीनामा

  शनिबार १४, पुष २०८० ११:१४

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले पदबाट राजीनामा दिएका छन् ।

महामन्त्री भोजराज जोशी र उपसभापति श्रृष्टी महराले पदबाट राजीनामा दिएको पार्टी सभापति इन्जिनियर प्रकाश बिष्टले जानकारी दिए ।

उनीहरू दुवै जनाले प्रदेश कमिटीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएको सभापति बिष्टको भनाइ छ । उनीहरूको प्रदेश सदस्य पद भने कायमै रहेको छ ।

जोशीले राजीनामा दिएपछि महामन्त्रीको जिम्मेवारी पारस बाहुनलाई जिम्मेवारी दिइएको छ । पारस डडेल्धुराका पूर्वसंयोजकसमेत हुन् ।

clock शनिबार १४, पुष २०८० ११:१४

प्रतिक्रिया