रिया स्पोट्र्स कप ब्याटमिन्टन प्रतियोगीतामा ओझा र मिश्र प्रथम

  शनिबार ०२, बैशाख २०८० १६:५९

धनगढी। धनगढीमा भएको प्रथम रिया स्पोट्र्स कप ब्याटमिन्टन प्रतियोगीता २०८० सम्पन्न भएको छ। नयाँ बर्षको अवसर पारेर धनगढी रङ्शालामा बैशाख १ र २ गतेसम्म सञ्चालन भएको प्रतियोगीतामा सिद्धराज ओझा र गणेश प्रसाद मिश्र प्रथम भएका छन्।

प्रथम भएका उनीहरुले नगद २५ हजार सहित ट्रफि र प्रमाण पत्र पाएका छन्।यस्तै धनगढीका किरण बिष्ट र बिरेन्द्र बिष्ट दोस्रो भएका उनीहरुले नगद १५ हजारसहित ट्रफि र प्रमाणपत्र पाएका छन्। 

यस्तै तेस्रोमा दुई टिम भएका छन्। ब्याटमिन्टन प्रतियोगीतामा दुबै टिमले बराबरी अंक पाएपछि सुरेन्द्र कार्की र प्रकास बिष्ट तथा एकेन्द्र शाह र तेज बहादुर थापा भएका छन्।

उनीहरु दुबै टिमलाई नगद ५/५ हजार ट्रफि र प्रमाणपत्र बितरण गरिएको आयोजकले जनाएको छ। प्रतियोगीताका संयोजक प्रकाश सिँहले ब्याटमिन्टन प्रतियोगीता प्रति आर्कषण बढाउन र खेलकुदका गतीबिधी बढाउन ब्याटमिन्टन प्रतियोगीताको आयोजना गरिएको बताए । 

प्रतियोगीतामा ६० टिमको सहभागीता रहेको थियो। कैलालीको धनगढी, टिकापुर,हसुलिया,अत्तरिया तथा कञ्चनपुरको बेलौरी क्षेत्रबाट प्रगियोगिहरुको सहभागीता रहेको थियो।

clock शनिबार ०२, बैशाख २०८० १६:५९

प्रतिक्रिया