शुभकामना बोर्डिङले गर्‍यो सडक सरसफाइ

  शुक्रबार १३, पुष २०८० २०:१०

धनगढी । धनगढीको शुभकामना बोर्डिङ स्कुलले सडक सरसफाइ गरेको छ । धनगढी ३ चटकपुरमा रहेको बोर्डिङ स्कुलले सडक सरसफाइ गरेको हो । 

शुभकामना बोर्डिङ स्कुलका फाउन्डर हेमा उप्रेतीले स्कुल वरिपरिको सडक र मोहनापुल अत्तरिया सडक खण्डको नेत्रालय देखि डिके आयल स्टोर सम्म सरसफाइ गरेको बताईन ।

उनले बिद्यार्थीलाइ किताबी ज्ञानसँगै सामाजिक कार्यमा अग्रसर गराउन सरसफाइ कार्यक्रमको आयोजना गरेको बताइन् । 

धनगढी उपमहानगरपालिकाका अधिकारीहरूसँग मिलेर शुभकामना सामुदायिक सरसफाइ अभियान सुरु गरेको उनको भनाइ छ ।

उनले शुभकामनाले बिद्यार्थीलाइ पढाइसँगै व्यवहार व्यवहारिक ज्ञान दीने गरेको जानकारी दिइन । 

clock शुक्रबार १३, पुष २०८० २०:१०

प्रतिक्रिया