बालकुमारी घटनाको एमालेद्वारा भर्त्सना, वैधानिक बाटोबाट समस्याको समाधान खोज्न अपिल

  शुक्रबार १३, पुष २०८० १९:०१

काठमाडौँ । नेकपा एमालेले बालकुमारीमा भएको घटनाका भर्त्सना गरेको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीमाथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडप्रति भर्त्सना गरेका हुन् । 

रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवा र प्रहरीबिच झडपमा दुई जना युवाको मृत्यु भएको थियो । 

सो घटनाको दुःख व्यक्त गर्दै एमालेले परीक्षामा सामेल हुन पाउनुपर्ने युवाहरूको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पुरा गर्न सरकारसँग माग गरेको छ ।

यस्तै एमालेले प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण र वैधानिक बाटोबाट समस्याको समाधान खोज्न  अपिल पनि गरेको छ । 

u

clock शुक्रबार १३, पुष २०८० १९:०१

प्रतिक्रिया