बाजुरामा मालागाड र भौनेरा मोटरेवल पुलको मन्त्री देउवाद्धारा शिलान्यास

  शुक्रबार १३, पुष २०८० १८:५७

बाजुरा । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले दुई वटा मोटरेवल पुलको शुक्रबार शिलान्यास गरेका छन् । प्रदेश मन्त्रालयको सहयोगमा त्रिवेणी नगरपालिका–८ र ४ जोड्ने मालागाड र बडीमालिका नगरपालिका २ मा पर्ने भौनेरा खोलामा पुल निर्माणका लागि शिलान्यास गरिएको हो ।

भौतिक पुर्वाधार मन्त्रालयले उक्त खोलामा दुई वर्षभित्र निर्माण कार्य सक्ने गरी एमके विल्डर्स कन्ट्रक्सनसंग सम्झौता गरेको छ । मन्त्रालयले कन्ट्रक्सनसंग मालागाड खोलाको पुलका लागि ९ करोड ९८ लाख र भौनेरा पुलका लागि १० करोड १५ लाख रुपैयामा निर्माण गर्ने गरी सम्झौता गरिएको भौतिक पुर्वाधार विकास कार्यालय अछामका सूचना अधिकारी यज्ञराज भट्टले जानकारी दिएका छन् ।

पुलको शिलान्यास कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले निर्माण कार्यको लागि सम्झौता गरेको कम्पनीले समयमै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले मन्त्रालयका तर्फबाट हुने काममा तत्पर रहेको र समयमै काम सम्पन्न हुने विश्वास मन्त्री देउवाले लिएका छन् ।

पुर्वाधार विकासका कमी भएकाले शहरमा पाउने सुविधा दुर्गम जिल्लामा कम भएकाले यसलाई प्रदेश सरकारले सुविधा गर्दै जानेमा प्रतिवद्धता जनाएका छन् । मन्त्री देउवाले तोकिएकै समयमा निर्माणका कार्य सम्पन्न गर्ने गरी प्रदेश सरकार लागेको दाबी गरेका छन् ।

बडीमालिका नगरपालिकाकी उप प्रमुख नन्दा थापाको अध्यक्षतामा संचालन भएको शिलान्यास कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा अछाम जिल्लाका मानबहादुर रावल,प्रदेश सभा सदस्य मेघराज खड्का लगायत अतिथी रहेका थिए । वडा नम्बर २ का वडाध्यक्ष डम्बर महतले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन भौतिक पुर्वाधार विकास कार्यालय अछामका नायव सुव्वा यज्ञराज भट्टले गरेका थिए ।

clock शुक्रबार १३, पुष २०८० १८:५७

प्रतिक्रिया