यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी

  शुक्रबार १३, पुष २०८० १३:३२

काठमाडौं । ललितपुर ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ। इपीएस कार्यालय ग्वार्कोमा आन्दोलनरत परीक्षार्थीले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका हुन्।

गाडीमा मन्त्री ज्वाला भने थिएनन्। आगजनीबाट गाडीमा पूर्ण रुपमा‍ क्षति पुगेको छ। इपीएस अन्तर्गत कोरिया जान सीप बिल्डिङमा आवेदन दिएका परीक्षार्थीले म्यानुफ्याक्चरमा आफूहरूले पनि आवेदन दिन पाउनुपर्ने माग गर्दै परीक्षार्थी आन्दोलनमा छन्।

यसअघि सीप बिल्डिङमा आवेदन दिएका तथा परीक्षा दिएकाहरूले म्यानुफ्याक्चरमा आवेदन दिन नपाउने नयाँ नियम आएसँगै उनीहरू आन्दोलित भएका हुन्। ३२ हजार परीक्षार्थीहरू भविष्यमाथि खेलवाड भएको भन्दै इपीएस सीप बिल्डिङ पीडितहरू आन्दोलित भएका हुन्।

clock शुक्रबार १३, पुष २०८० १३:३२

प्रतिक्रिया