एकदिवसीय अभ्यास खेल : नेपाल र ओमानबीच आज प्रतिस्पर्धा

  शनिबार ०२, बैशाख २०८० ०९:१७

काठमाडौं । नेपालले शनिबार एकदिवसीय अभ्यास खेलमा ओमानसँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान हुने खेल ५०र५० ओभरको हुनेछ। 

नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँग अभ्यास खेल खेल्न लागेको हो। आज हुने यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन। नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्नेछन्।

नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन। आईसीसी विश्वकप लिग २ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए।

clock शनिबार ०२, बैशाख २०८० ०९:१७

प्रतिक्रिया