पाँच पदकसहित राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बागमती प्रदेश पहिलो

  शुक्रबार ०१, बैशाख २०८० १०:४३

विराज रोस्यारा,  धनगढी । धनगढीमा सम्पन्न भएको पहिलो मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बागमती प्रदेशले एक स्वर्णसहित पाँच पदक जित्दै पहिलो हुन सफल भएको छ । धनगढी रङ्गशालामा कैलाली जिल्ला फेन्सिङ सङ्घको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा बागमतीले एक स्वर्ण, दुई रजत र २ कांस्य पदक जितेको हो । 

बागमती प्रदेशका लागि सेभर पुरुषतर्फ सिनियर खुला विधामा पायस योन्जनले स्वर्ण जितेका हुन् । यस्तै सेभर महिला तर्फ सिनियर खुला विधामा बागमतीका खेलाडी सोफीया चन्दले रजत जितेकी हुन् । सोही विधामा बागमतीकै गोमा आचार्यले कांस्य जितिन् । इपी महिलातर्फ जुनियर २० वर्ष मुनीको फेन्सिङमा वाग्मतीका अस्मिता घिसिङले रजत र सोफीया चन्दले नै कांस्य हात पारेकी थिइन् । बागमतीले इपी पुरुषतर्फ जुनियर २० वर्ष मुनीको फेन्सिङमा भने कुनै पदक जित्न सकेन ।

विभागीय टोली सशस्त्र प्रहरी क्लबले एक स्वर्ण, एक रजत र दुई कांस्यसहित चार पदक जित्यो । एपीएफ क्लबका लागि सेभर महिलातर्फ सिनियर खुला विधामा सुपमाया घिसिङले स्वर्ण जितेकी हुन् । यस्तै सेभर पुरुषतर्फ सिनियर खुला विधामा एपीएफ क्लबका खेलाडी राजेन्द्र गजुरेलले रजत र खेमराज खत्रीले कांस्य पदक जिते । सेभर महिलातर्फ सिनियर खुला विधामै एपीएफकी उर्मिला लामाले कांस्य जितिन् ।

गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक कांस्य जित्न सफल भयो । उसका खेलाडी कृपा गुरुङले इपी महिलातर्फ जुनियर २० वर्ष मुनीको फेन्सिङमा स्वर्ण जितेकी हुन् । गण्डकीले इपी पुरुषतर्फ जुनियर २० वर्ष मुनीको फेन्सिङमा यस्तै सचिन खत्रीले रजत र कुमार मल्लले कांस्य पदक हात पारे । 

गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक कांस्य जित्न सफल भयो । उसका खेलाडी कृपा गुरुङले इपी महिलातर्फ जुनियर २० वर्ष मुनीको फेन्सिङमा स्वर्ण जितेकी हुन् । गण्डकीले इपी पुरुषतर्फ जुनियर २० वर्ष मुनीको फेन्सिङमा यस्तै सचिन खत्रीले रजत र कुमार मल्लले कांस्य पदक हात पारे । 

सुदूरपश्चिम प्रदेशले पनि एक स्वर्ण र दुई कांस्य जित्यो । सुदूरपश्चिमका लागि इपी पुरुषतर्फ जुनियर २० वर्ष मुनीको फेन्सिङमा लक्ष्यजंग शाहीले स्वर्ण दिलाएका हुन् । सेभर पुरुषतर्फ सिनियर खुला फेन्सिङमा सुदूरपश्चिमका खेलाडी रवीन्द्र शाहले कांस्य जिते । यस्तै इपी पुरुषतर्फ जुनियर २० वर्ष मुनीको फेन्सिङमा भरत देउवाले कांस्य जिते ।

प्रतियोगिताका विभिन्न विधामा स्वर्ण जित्नेले नगद १५ हजार, रजत जित्नेले १० हजार र कांस्य जित्ने खेलाडीले ५÷५ हजार पुरस्कार पाएका थिए । प्रतियोगितामा बागमती, कोसी,  गण्डकी र सुदूरपश्चिमका गरी चार प्रदेशका ७७ खेलाडी सहभागी थिए । विभागीय टिम सशस्त्र प्रहरी पनि प्रतियोगितामा सहभागी थियो । ईपीमा २० वर्षमुनि उमेरका महिला र पुरुष दुवै विधामा खेल भएका थिए । यस्तै सेबरमा खुल्ला तर्फ महिला र पुरुष गरी दुवै विधामा खेल भएका  थिए । 

clock शुक्रबार ०१, बैशाख २०८० १०:४३

प्रतिक्रिया