बेलौरीमा एसईई आइडलको २ अडिसन सम्पन्न

  शुक्रबार ०६, पुष २०८० १८:१०

धनगढी । सुप प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आइडल ३ का दुई अडिसन कंचनपुरको बेलौरी नगरपालिकामा न.पा. शिक्षा शाखाको समन्व्यमा आज सम्पन्न भएका छन् । बेलौरीको जवदियामा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा आइइलको तेह्रौं र  र बेलौरी बजारमा रहेको महाकाली माध्यमिक विद्यालयमा चौधौं अडिसन सम्पन्न भएका हुन् ।

आज भएको चौधौं अडिसनमा बेलौरी न.पा. शिक्षा शाखाका निमित्त प्रमुख अमित प्रसाद भट्टले शिक्षा शाखाको समन्व्यमा बेलौरीमा यस्तो कार्यक्रम गर्न पाउँदा खुसी व्यक्त गर्दै कार्यक्रमलाई निरन्तरता र स्तरीयता दिजु पर्ने कुरा जोड दिए । 
 
तेह्रौं अडिसनमा बोल्दै लक्ष्मी मा.वि.का प्र.अ. विरेन्द्र सिंह भण्डारीका यस्तो कार्यक्रम विद्यालयमा अपरिहार्य भएको बताए भने चौधौं अडिसनमा बोल्दै महाकाली  मा.वि.का  प्र.अ. रमेश सिंह भण्डारीले एसईईका विद्यार्थीहरुका लागि मात्र नभएर अन्य तहका विद्यार्थीहरुका लागि पनि यस्तै कार्यक्रम आयोजना गर्न आयोजकसँग आग्रह गरे ।

नृत्य र गायन विधाको प्रदेश स्तरीय प्रतियोगिता प्रदेश युवा परिषद् एसईई आइडलका अडिसन धमाधम आयोजना हुने क्रममा आज मिलन स्कुलमा बाह्रौँ अडिसन सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सिताराम बुढाथोकीले विद्यार्थीलाई पढाईसँग उनीहरुमा भएका फरक क्षमताको पहिचान र अभिवृद्धि हुनु पर्ने कुरामा  जोड दिए ।

एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछ । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् ।  यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् ।

असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०/३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५/१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १/१ जना विजेता र १/१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशस् रु। ५०/५० हजार र रु। २५/२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् । 

थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी  तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ ।

मुख्य प्रबर्द्धकका रुपमा प्रदेश युवा परिषद्, सुप रहेको एसईई आइडल ३ मा रेडिकल यस कार्यक्रममा रेडिकल एकेडेमी लगायतका विभिन्न संघसंस्थाको पनि विशेष सहयोग रहेको छ ।
 

clock शुक्रबार ०६, पुष २०८० १८:१०

प्रतिक्रिया