राष्ट्रिय सभा चुनावका लागि सुदूरपश्‍चिमको मतदान स्थल प्रदेश सभा भवन तोकियो

  बिहिबार ०५, पुष २०८० १५:२९

धनगढी । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले सुदूरपश्‍चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकेको छ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले सुदूरपश्‍चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकेको जानकारी दिएका हुन्।

उनकाका अनुसार प्रत्येक प्रदेशमा एकरएक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुईरदुई वटा मतदान केन्द्र राख्ने निर्णय भएको हो। जसमा ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर मतदानस्थल तोकिएको छ। मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा मतदानस्थल राखिएको छ।

बागमती प्रदेशका लागि श्री भुटनदेवी मावि प्राविधिक शिक्षालय, ब्लक एफ प्राविधिक भवन, हेटौडामा र गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा राखिएको छ।

लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराहीस कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा मतदानस्थल तोकिएको छ।

मतदानस्थलमा प्रदेश सभा सदस्य र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगर प्रमुखउपप्रमुखले बेग्लाबेग्लै मतदान केन्द्रहरूमा मतदान गर्ने प्रवक्ता पौडेलले बताए। माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ।

clock बिहिबार ०५, पुष २०८० १५:२९

प्रतिक्रिया