सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली

  बिहिबार ०५, पुष २०८० ०६:३२

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। 

तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो  देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। 

राति पनि यो क्रमले निरन्तरता पाउनेछ । देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

clock बिहिबार ०५, पुष २०८० ०६:३२

प्रतिक्रिया