कैलाली प्रशासनद्वारा ३ प्रहरीलाई सम्मान

  बिहिबार ०५, पुष २०८० ०६:२९

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले अनुचित लेनदेन (मिटर ब्याज) पीडितहरूलाई सहजीकरण र समन्वय गरेको भन्दै तीन जना प्रहरीलाई सम्मान गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको अनुचित लेनदेन सम्बन्धि सहायता कक्षमा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक (सई) रबिन्द्र धनुसे, प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द र प्रहरी सहायक निरीक्षक ललित रोकायालाई सम्मान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी युवराज कटेले प्रदान गरेको सम्मान पत्रमा अनुचित लेनदेन पीडितको मुद्दामा सहजीकरण र समन्वय गरि इमानदार र कर्तव्यनिष्ठ तरिकाले अहोरात्र खटिएर काम गरेकाले कदर पत्रसहित सम्मान गरिएको उल्लेख छ ।

clock बिहिबार ०५, पुष २०८० ०६:२९

प्रतिक्रिया