एमाले गोदावरी द्वारा जग्गाको नाप जाँच सुरु गर्न नगर प्रमुख भट्टको ध्यानाकर्षण

  मङ्गलबार ०३, पुष २०८० १५:०६

धनगढी । नेकपा एमाले गोदावरी नगर कमिटीले नगरपालिका क्षेत्रमा ऐलानी जग्गा नाप जाँच सुरु गर्न नगर प्रमुख वीरेन्द्र भट्टलाई ध्यानाकर्षण गराएको छ। मङ्गलवार एमाले गोदावरी नगर कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष सिंहले नगर प्रमुख भट्टलाई भेटेरै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

एमाले गोदावरी नगर कमिटीका कार्यवाहक अध्यक्ष सिंहले गोदावरी क्षेत्रमा दलित सुकुम्वासी तथा अव्यवस्थित वसावासीको ऐलानी जग्गा नाप जाँच विगत लामो समय देखी रोकिएको भन्दै छिटो सुचारु गर्न माग गरे।

यस्तै गोदावरीमा खोलाहरूबाट नदीजन्य वस्तु उठाउने विषयमा समेत टेन्डर प्रक्रिया नगरी उठाउने विषयमा यथाशीघ्र समाधान गर्न, भ्रष्ट्राचार र अनियमितता बन्द गर्न, शिक्षकका मागहरू पुरा गर्न र लागु पदार्थ दुर्व्यसनी नियन्त्रण गर्न माग गर्दै ध्यानाकर्षण गराएका छन् । 

साथै गोदावरी नगरपालिकाका नगरप्रमुख भट्टलाई विभिन्न माग राखी ध्यानाकर्षण गराएको र  ध्यान नदिए सडक आन्दोलन गर्ने चेतावनी समेत दिएको बताएका छन् ।

No description available.

clock मङ्गलबार ०३, पुष २०८० १५:०६

प्रतिक्रिया