नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा ‘प्रचण्ड’लाई निम्तो

  मङ्गलबार ०३, पुष २०८० ०६:२२

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महाधिवेशनको निम्तो दिएका छन् ।

पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको नाउपाको प्रथम महाधिवेशनको लागि प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेटेरै निम्तो दिइएको संरक्षक चौधरीले जानकारी दिए ।

पहिलो महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्ने जनाएको छ । नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् ।

यस अघि पनि संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष समेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेटेर राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल गरेका थिए ।

राष्ट्रिय सभा अध्यक्षसहित २० पदका लागि माघ ११ गते निर्वाचन हुँदै छ। सत्ता गठबन्धनमा रहेको पार्टी नाउपाले १ सिट पाउने सहमति भएको चौधरीले बताए । आगामी १० गते सचिवालय बैठक मार्फत उम्मेदवार छनोट गरिने उनले बताए ।

clock मङ्गलबार ०३, पुष २०८० ०६:२२

प्रतिक्रिया