कैलालीमा मोबाइल चोरीको आरोपमा दुई जना पक्राउ

२ चैत २०७८, बुधवार

 २ चैत, धनगढी । कैलाली प्रहरीले मोबाइल चोरीमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । फरक फरक मितिमा धनगढी उपमहानगरपालिका क्षेत्रबाट मोबाइल चोरी गरेको आरोपमा धनगढीकै १९ वर्षीय रमेश पुरी र ज्ञानुु चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले पक्राउ परेका पुरीले माघ २५ गते फोन गर्छु भनेर धनगढी उपमहानगरपालिका–८  का १६ वर्षीय सन्देश धामीको मोबाइल लगेर फरार भएको तथा फागुन १७ गते धनगढी उपमहानगरपालिका–८ मै घर फर्किरहेको अवस्थामा स्थानीय राहुल चौधरीलाई धम्क्याएर मोबाइल चोरी गरेको पाइएको बताए ।

चोरी गरेका मोबाइल स्थानीय भानु चोकमा रहेको जि.के. मोबायल ग्यालरी संचालक ज्ञानु चौधरीलाई बिक्री गरेको पाईएपछि उनलाई समेत नियन्त्रणमा लिएर अनुुसन्धान भइरहेको जोशीले बताए । साथै पुरीको साथबाट ल्यापटप र स्यामसुङ मोबाइल पनि बरामद भएकाले सम्बन्धीत व्यक्तिलाई सम्पर्क राख्न प्रहरीले आग्रह गरेको छ । 
  

Share This:
No News Were Available