त्रिनगर माविको अध्यक्षमा पूर्व क्याम्पस प्रमुख चन्द

  सोमबार ०२, पुष २०८० २१:०७

धनगढी । त्रिनगर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पूर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्द चयन भएका छन्।

धनगढी उपमहानगरपालिका–१ मा रहेको त्रिनगर माविको आज बसेको विद्यालय व्यवस्थापन समितिको पूर्ण बैठकले व्यवस्थापन समितिको अध्यक्षमा कैलाली बहुमुखी क्याम्पसबाट सेवा निवृत्त भएका पुर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्दलाई छनौट गरेको हो।

धनगढी उपमहानगरपालिकाले गत मंसीर २९ गते पत्र पठाई कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सुरेन्द्र  चन्दलाई अध्यक्ष र विमला कुमारी देवल ९जैरु० लाई महिला सदस्यमा मनोनित गरेको जानकारी गराएको थियो। 

उपमहानगरपालिकाबाट मनोनित गरिएका सुरेन्द्र चन्दलाई व्यवस्थापन समितिको अध्यक्षमा छनौट गरिएको विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले बताए।

clock सोमबार ०२, पुष २०८० २१:०७

प्रतिक्रिया