सुदूरपश्चिममा लगानी भित्र्याउन सहयोग गर्ने एनआरएनएका पूर्व अध्यक्षको प्रतिबद्धता

  शनिबार ३०, मङि्सर २०८० १८:१९

धनगढी । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्षले सुदूरपश्चिम प्रदेशमा लगानीकर्तालाई लगानी गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधिमण्डलले शनिवार ९आज० गरेको छलफलमा एनआरएनएका पूर्व अध्यक्षद्वय जीवा लामिछाने र उपेन्द्र महतोले लगानीकर्ता भित्र्याउने वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते आयोजना गर्ने लगानी तथा विकास सम्मेलनबारे उनीहरुसँग छलफल गरेको थियो। छलफलको क्रममा मुख्यमन्त्री कमलबहादुर शाहले लगानी तथा विकास सम्मेलनलाई सहयोग गर्न आग्रह गरेका थिए।

छलफलमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिलामन्त्री एवम् लगानी तथा विकास सम्मेलनका संयोजक नरेशकुमार शाहीको पनि उपस्थिति रहेको थियो।  
 

clock शनिबार ३०, मङि्सर २०८० १८:१९

प्रतिक्रिया