सुदूरपश्चिम महोत्सवमा आज पल, सुप्रिम, अनु र भुवनको प्रस्तुति रहने

  शनिबार ३०, मङि्सर २०८० ०६:०७


धनगढी। सुदूरपश्चिम महोत्सवको सातौँ दिन शनिबार पनि चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ। आज शविबार चर्चित मोडल पूर्ण बिक्रम शाह (पल) , गायक सुप्रिम मल्ल ठकुरी, अनु चौधरी र भुवन प्रकाश बडू आउने महोत्सव संयोजक मिलन कुँवरले बताए।

कार्यक्रममा स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने संयोजक कुँवरले जानकारी दिए। मङ्सिर २२ गते बाट सुरु भएको महोत्सव पुस २ गतेसम्म चल्ने छ।

यस वर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रदर्शनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन्।महोत्सवको टिकट मोबाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ।

महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ।

clock शनिबार ३०, मङि्सर २०८० ०६:०७

प्रतिक्रिया