महेन्द्रनगरमा राप्रपाको शालिक पुनर्स्थापना गर्ने कार्य रोकियो

  शुक्रबार २९, मङि्सर २०८० १३:३६

कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरमा राप्रपाको शालिक पुनर्स्थापना गर्ने कार्य रोकिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले महेन्द्रनगरको प्रतिष्ठान बनाएको संविधान चोकमा राजा महेन्द्रको शालिक पुनर्स्थापना कार्य रोकिएको हो।

बिहीबार विहान ११ बजे सब्जीरोडस्थित पार्टी कार्यालय नजिक राखिएको आम सभा अघि संविधान चोकमा राजा महेन्द्रको शालिक राख्ने राप्रपाको तयारी थियो । तर स्थानीय प्रशासनले विहानैदेखि राप्रपाका नेता कार्यकर्तालाई संविधान चोकसम्म जान नदिने गरी सबै सडकमा सुरक्षाकर्मी तैनाथ गरेको थियो।

संविधान चोक पुग्ने सबै बाटा बन्द गरेपछि प्रशासनले दिउँसो निषेधित क्षेत्र घोषणा गरेपछि पुनस्र्थापना गर्ने कार्य रोकिएको छ। संविधान चोक र त्यस आशपासका क्षेत्रमा सात दिनसम्मका लागि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहितका केन्द्रीय नेताहरुलाई बोलाएर शालिक पुनस्र्थापन गर्ने राप्रपाको तयारी थियो। राप्रपाका भीमदत्त नगर अध्यक्ष करन पालले राप्रपा नेता कार्यकर्ता र समर्थक सबैले जबरजस्ती रुपमा शालिक राख्न सकिने अवस्था भएपनि सर्बदलीय सहमति खोजेको बताए ।

राप्रपाका सबै समर्थक र हामी गएर नसकिने अवस्था नरहेपनि संयमीतका साथ शालिक अनावरण गर्नुपर्नेमा राप्रपाले विश्वास राखेको उनले बताए । उनले राजा महेन्द्रको शालिक तयार भएर महेन्द्रनगर पुगिसकेको र समयमै त्यहि स्थानमै सबै दल तथा सबै नगरबासिकै उपस्थितिमा राख्ने बताएका छन् ।राप्रपाले स्थानीय प्रशासनलाई सर्बदलीय सहमति विना जबरजस्ती शालिक नराख्ने आश्वस्त पारे पनि विहानैदेखि बजार क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका थिए। राप्रपाले सुरक्षाकर्मीलाई झुक्याएर शालिक राख्न सक्ने र त्यसबाट अप्ठेरो अवस्था आउने चिन्ताले प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो।

सात दिनसुम्म संविधान र चोक र आशपासका क्षेत्रमा पाँच जना भन्दा बढीले भेला भएर कार्यक्रम गर्न पाउने छैन । स्थानीय प्रशासनले शालिक राख्न राजनीतिक मतभेद भएकाले शान्ति सुरक्षाका लागि निषेधित क्षेत्र घोषणा गर्न पर्ने अवस्था आएको जारी आदेशमा उल्लेख गरेको छ । राप्रपाले शालिक राख्न सर्बदलीय सहमतिका लागि भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालयसित केही दिनदेखि सघन छलफल गरेको थियो । ती सबै छलफलमा सहमति नजुटेपछि राप्रपा जबरजस्ती शालिक पुनस्र्थापन गर्ने कार्यबाट पछि हट्न बाध्य भएको हो । राप्रपाले शालिक पुनस्र्थापन गर्ने तयारी थालेपछि ८ राजनीतिक दल र ती दल सम्बद्ध विद्यार्थी संगठनले राजा महेन्द्रको शालिक पुनस्र्थापन कार्य संविधान र व्यवस्था विरोधी हुने भन्दै स्थानीय सरकार र प्रशासनलाई रोक्न सामूहिक रुपमा दबाव दिएका थिए ।

राजनीतिक दलहरुले भीमदत्त नगरपालिकालाई संविधान चोकमा जनआन्दोलनको म्यान्डेट अनुसार गणतन्त्र स्तम्भ राख्न आग्रह गरेको थियो । त्यसपछि भीमदत्तले शालिक राखिने स्थामा नेपालको झण्डा गाडि दिएको थियो। नगरपालिकाले राष्ट्रिय झण्डा राखेपछि राप्रपालाई शालिक राख्न थप कठिनाई आएको नेताहरु बताउँछन् । झण्डा राखिएपछि राप्रपाका नेताहरुले शालिक राख्ने रणनीतिबारे थप छलफल गरेका थिए ।राप्रपाले बिहीबार शालिक पुनस्र्थापनका लागि ५ लाख ५० हजार खर्च गरी बनाइएको अर्ध कदको शालिकलाई केही दिन काठमाडौबाट महेन्द्रनगर ल्याएको थियो। अष्ठधातुको यो शालिकलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट अनावरण गर्ने तयारी गरिएको थियो ।

राप्रपा कञ्चनपुरले भीम वाटिकामा सहिद भीमदत्त पन्तको शालिक तोडफोड गरेपछि संविधान चोकमा राजा महेन्द्रको शालिक पुनस्र्थापन गर्ने घोषणा गरेको थियो ।मंसिर ८ गते गणतन्त्र विरुद्ध सडक प्रदर्शनमा उत्रिएको राप्रपाले सहिद पन्तको शालिक तोडफोड गरेको थियो । शालिक तोडफोडपछि राप्रपाका १८ नेता कार्यकर्ता पक्राउ गरी सार्वजिनक अपराधको मुद्दा लागेपछि राजाको शालिक पुनस्र्थापनलाई प्रतिष्ठान बनाइएको थियो ।राप्रपाले राजा महेन्द्रले महेन्द्रनगरमा बस्ती विस्तार गरेको योगदानको कदरका लागि शालिक पुनस्र्थापन गर्न पर्ने तर्क गरेको छ। २०६२र०६३ को जन आन्दोलनको अन्तिमतिर आन्दोलनकारीले राजा महेन्द्रको शालिक तोडफोड गरी हटाएका थिए। शालिक तोडफोड गरिएको झण्डै दुई दशकपछि राप्रपा शालिक बनाएर पुनस्र्थापन गर्न अघि बढाइएको थियो । तर शालिक पुनस्र्थापना गर्ने कार्य रोकिएको छ ।

clock शुक्रबार २९, मङि्सर २०८० १३:३६

प्रतिक्रिया