राष्ट्रिय सभा निर्वाचन मनोनयन दर्ता गर्ने आज अन्तिम दिन

  शुक्रबार २९, मङि्सर २०८० ०९:३२

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदैछ । 

संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नुपर्ने आयोगले जनाएको छ ।

मंसिर २४ देखि २९ गते (आज) सम्म दर्ता भएका दलले मात्रै राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् ।

clock शुक्रबार २९, मङि्सर २०८० ०९:३२

प्रतिक्रिया