एसपीएमा भएको हाजिरी जवाफ प्रतियोगितामा बि.एड. तेस्रो वर्षका विद्यार्थी प्रथम

  शुक्रबार २९, मङि्सर २०८० ०६:४४

धनगढी । धनगढीको सुदुरपश्चिमाञ्चल क्याम्पसमा भएको  हाजिरी जवाफ प्रतियोगितामा बि.एड. तेस्रो वर्षका विद्यार्थी प्रथम भएका छन् ।

विद्यार्थीहरूको बौद्धिक क्षमता विकासको लागि सुदूर पश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद्ले आयोजना गरिएको स्नातक तह हाजिरी जवाफ प्रतियोगितामा बि.एड. तेस्रो वर्षका बिद्यार्थीहरु रन्जित धनाडी, प्रदीप गिरि, राममाया बानिया, कमला खड्का र सरिता भण्डारी प्रथम भएका छन् ।

त्यस्तै हाजिरी जवाफ प्रतियोगितामा बि.आइ.एम. चौथो सेमेस्टरका पूर्ण बहादुर साउद, दीपक जोशी, हेम जोरा, दीपेन्द्र खत्री र सुलभ थापा दितीय भएको सुदूर पश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद्का अध्यक्ष कृष्ण पुजाराले जानकारी दिए । 

अध्यक्ष पुजाराका अनुसार बि.बि.एस. तेस्रो वर्षका  शान्ति देवकोटा, रोहन धामी, चन्द्रा बोहरा, लक्ष्मी  पाण्डेय, महेश  महराले  तृतीय स्थान हासिल गरेका छन् ।   

यस्तै बि.बि.एस. चौथो वर्षका अशोक खड्का, महेन्द्र धामी, श्रद्धा भट्ट, सागर जोशी र ईश्वर बोहरा तथा बि.एड. चौथो वर्षका चेतराज कलौनी, लोकेन्द्र कुवर, खुसी घिमिरे, सीता रावल र सम्झना रावत सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

 पश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद्ले आयोजना गरिएको स्नातक तह हाजिरी जवाफ प्रतियोगितामा २१ टिमले सहभागिता जनाएको परिषद्का अध्यक्ष पुजाराले जानकारी दिए । 

clock शुक्रबार २९, मङि्सर २०८० ०६:४४

प्रतिक्रिया