१५ दिनमा ओलीले गरे १८०० किमी यात्रा

  शुक्रबार २९, मङि्सर २०८० ०५:५६

काठमाडौँ । नेकपा एमालेले शुरु गरेको संकल्प यात्राको १५ औँ दिन पूरा हुँदा १८०१ किलोमिटर दूरी पार गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म यात्राका क्रममा आफूले १८०१ किमी यात्रा पूरा गरेको उल्लेख गरेका छन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस सार्वजनिक गर्दै भनेका छन्, "यात्राका क्रममा किसानलाई भेटेका छौँ, कृषि वैज्ञानिक भेटेका छौँ, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, युवा, कालीगढ, डाक्टर, व्यवसायी, मजदुर, उद्यमीलगायत सम्पूर्ण क्षेत्रका व्यक्ति र संस्थासँग छलफल गरेका छौँ।"

उनले थपेका छन्, "यो यात्रा यात्राको भोलिपल्टै सकिने यात्रा होइन, यसले मध्यपहाडी जीवनमा राजमार्गले ल्याएको परिवर्तन बुझ्न र जनजीवनलाई अझ सजिलो बनाउने उपाय खोज्छ। आजको यात्रा राणा शासनविरोधी संघर्षका योद्धाहरू रामप्रसाद राई र नारदमुनि थुलुङ तथा सामाजिक क्रान्तिकी अगुवा योगमायामा समर्पित गर्दछु।"

clock शुक्रबार २९, मङि्सर २०८० ०५:५६

प्रतिक्रिया