अध्यक्ष लिङ्देन महेन्द्रनगरमा, कडा सुरक्षाकाबीच राप्रपाले राजा महेन्द्रको शालिक राख्दै

  बिहिबार २८, मङि्सर २०८० १२:२४

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज कञ्चनपुरको महेन्द्रनगरमा राजा महेन्द्रको शालिक स्थापना गर्दैछ।

महेन्द्रनगरको संविधान चोकमा राप्रपाले शालिक स्थापना गर्ने भएको हो। पार्टीले शालिक स्थापना गर्ने भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ।

महेन्द्रनगर बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। शालिक स्थापना हुने क्षेत्र संविधान चोकसहित दशरथ, मदन चोकमा आवजावतमा रोक लगाइएको हो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा आज आम सभा हुँदैछ। शालिक स्थापना र आम सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष लिङ्देन कञ्चनपुर पुगिसकेका छन्।

शालिक स्थापनाविरुद्ध जिल्लाका ८ राजनीतिक दलले विज्ञप्ति निकालेका थिए।

clock बिहिबार २८, मङि्सर २०८० १२:२४

प्रतिक्रिया