भीमदत्तनगरमा महेन्द्रको सालिक राख्दै राप्रपा

  मङ्गलबार २६, मङि्सर २०८० ०६:५५

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा आयोजना हुने आमसभाको तयारीमा राप्रपा कञ्चनपुरले तीव्रता दिएको छ। मंसिर २८ गते बिहीवार महेन्द्रनगरको स्मारक चोकमा राप्रपाले आमसभाको आयोजना गर्दैछ।

आमसभाको प्रचारप्रसारसँगै राप्रपाले स्मारक चोकमा तत्कालीन राजा महेन्द्रको सालिक पनि अनावरण गर्ने तयारी गरेको छ।

राप्रपा कञ्चनपुरले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेतालाई महेन्द्रनगरमा उतारेर महेन्द्रको सालिक अनावरण गर्ने तयारी  गरेको छ।

आमसभाको तयारी अन्तिम चरणमा पुगेको राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताँए। ‘आमसभाको तयारी अन्तिम चरणमा पुगेको छ।

वक्ताहरुको टुंगो लागिसकेको छ,’ उनले भने्, ‘पार्टी संगठन तयारीमा सक्रिय छ।’ उनका अनुसार स्मारक चोकमा महेन्द्रको सालिक अनावरण गर्ने कार्यक्रम पनि रहेको छ।

आमसभालाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

clock मङ्गलबार २६, मङि्सर २०८० ०६:५५

प्रतिक्रिया