सुदूरपश्चिम महोत्सवको पाचौँ दिन : आज रामजी र जेरीको प्रस्तुती

  मङ्गलबार २६, मङि्सर २०८० ०६:४६

धनगढी। सुदूरपश्चिम महोत्सवको दोस्रो दिन रामजी खाँड र बविता बानिया जेरीको प्रस्तुती रहने भएको छ। धनगढी उपमहानगरपालीका वडा नम्बर १ स्थीत पशुपती टोलमा सञ्चालन भैरहेको महोत्सवमा आज कलाकार रामजी खॅांड, बविता बानिया जेरी, स्यम राना, भिम बिष्ट, हेम राज अधिकारीसंगै स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

शुक्रबारदेखि शुरु भएको महोत्सव पुस २ गतेसम्म चल्ने छ। यस बर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रर्दशनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन् । महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ । 

महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।

 

clock मङ्गलबार २६, मङि्सर २०८० ०६:४६

प्रतिक्रिया