सुदूरपश्चिम महोत्सवको चौथो दिन : आज पुस्कल, टेक र नरेशको प्रस्तुती

  सोमबार २५, मङि्सर २०८० ०७:२२

धनगढी। सुदूरपश्चिम महोत्सवको दोस्रो दिन पुस्कल शर्मा, टेक बिसी र नरेश जोगीको प्रस्तुती रहने भएको छ। धनगढी उपमहानगरपालीका वडा नम्बर १ स्थीत पशुपती टोलमा सञ्चालन भैरहेको महोत्सवमा आज कलाकार पुस्कल, टेक र नरेशसंगै स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

शुक्रबारदेखि शुरु भएको महोत्सव पुस २ गतेसम्म चल्ने छ। यस बर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रर्दशनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन् । महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ । 

महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।
 

clock सोमबार २५, मङि्सर २०८० ०७:२२

प्रतिक्रिया