प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु

  बुधबार २९, चैत २०७९ १२:५१     विश्वास खबर

धनगढी । प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका छन् । बुधवार एक कार्यक्रमकाबिच मुख्यमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।  

धनगढी रङ्गशालामा भोलि सम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब तथा गण्डकी, बागमती, कोसी र सुदूरपश्चिम प्रदेशका गरी छ वटा टिमको सहभागिता रहने सङ्घका अध्यक्ष जलिन्द्र शाहीले जानकारी दिए।

६ वटा टिममा महिला र पुरुष ३५(३५ गरी ७० जना खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ। फेन्सिङअन्तर्गत इपी र सेभर विधामा खेल हुनेछन्। विधागत प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्नेलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने सङ्घका अध्यक्ष शाहीले बताए।

पोखरामा हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङमा सुदूरपश्चिमले स्वर्ण पदक प्राप्त गरेको थियो। फेन्सिङका खेलाडीसमेत रहेका शाहीले सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाएका थिए।

यो प्रतियोगिताले सुदूरपश्चिममा फेन्सिङ खेललाई चिनाउन र खेलाडीलाई प्रोत्साहनमा मद्दत पुग्ने आयोजकको अपेक्षा छ।सुदूरपश्चिम प्रदेश सरकारमातहतको प्रदेश खेलकुद परिषद्ले प्रतियोगिताको प्रायोजन गरेको छ।  

clock बुधबार २९, चैत २०७९ १२:५१     विश्वास खबर

प्रतिक्रिया