सुदूरपश्चिम महोत्सवको तेस्रो दिन : आज एलीना, मन्जु र उर्गेनको प्रस्तुती

  आइतबार २४, मङि्सर २०८० ०८:५०

धनगढी। सुदूरपश्चिम महोत्सवको दोस्रो दिन उलीना चौहान, मन्जु पौडेल र उर्गेन ड्रोडंको प्रस्तुती रहने भएको छ। धनगढी उपमहानगरपालीका वडा नम्बर १ स्थीत पशुपती टोलमा सञ्चालन भैरहेको महोत्सवमा आज कलाकार एलीना, मन्जु र उर्गेनसंगै स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

शुक्रबारदेखि शुरु भएको महोत्सव पुस २ गतेसम्म चल्ने छ। यस बर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रर्दशनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन् । महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ । 

महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।

clock आइतबार २४, मङि्सर २०८० ०८:५०

प्रतिक्रिया