समाजवादी प्रेस सङ्गठनको सुदूरपश्चिम अध्यक्षमा सिंह

  आइतबार २४, मङि्सर २०८० ०७:४५

धनगढी । समाजवादी प्रेस सङ्गठनको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हिक्मत बहादुर सिंह निर्वाचित भएका छन् । शनिवार धनगढीमा सम्पन्न प्रथम अधिवेशन मार्फत सिंह सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । 

उपाध्यक्ष तपेन्द्र कुवर, शर्मिला रोकाय, महासचिव डिलबहादुर सिंह, सचिव सन्तोष प्रसाद जैसी, कोषाध्यक्ष समीक्षा जोशी निर्वाचित भएका छन् । 

त्यस्तै सदस्यहरू उमेश शाही, जनक थापा, निशा साउद, पवन बोहरा, सोहिता बोहरा, पुरुषोत्तम अवस्थी, कैलाश पनेरु, भरत साउद र राजेन्द्र वि।क। निर्वाचित भएका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा , संगठनका केन्द्रीय अध्यक्ष बिष्णमणी सुवेदी  लगायतको उपस्थितिमा आज प्रथम अधिवेशन सम्पन्न भएको हो ।

clock आइतबार २४, मङि्सर २०८० ०७:४५

प्रतिक्रिया