प्रधानमन्त्रीलाई धनगढीका मेयरले गराए स्मरण

  शुक्रबार २२, मङि्सर २०८० २१:१२

धनगढी । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफैंले दिएको आश्वासन स्मरण गराएका छन्।

सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न धनगढी आइपुगेका प्रधानमन्त्री दाहाललाई मेयर हमालले महोत्सवमै दिएको आश्वासन स्मरण गराएका हुन्।

 ‘केही वर्ष पहिले यही महोत्सव उद्घाटन गर्न आउँदा अबको विकास सुदूरपश्चिम केन्द्रीय हुन्छ भन्नू भएको थियो’, मेयर हमालले प्रधानमन्त्रीलाई स्मरण गराउँदै भने, ‘खै त सुदूरपश्चिममा विकास ?’ मेयर हमालले सुदूरपश्चिममा एक मात्र मेडिकल कलेज नभएको एउटा पनि औद्योगिक क्षेत्र नभएको बताउँदै प्रधानमन्त्री प्रचण्डलाई तत्काल ती क्षेत्रमा चासो दिन आग्रह गरेका थिए।

यसै आथिक वर्षभित्र मेडिकल विश्व विद्यालयको समस्या समाधान गरेर उद्घाटन गर्ने गरी अघि बढ्न प्रधानमन्त्रीलाई मेयर हमालले आग्रह गरेका हुन्।

clock शुक्रबार २२, मङि्सर २०८० २१:१२

प्रतिक्रिया