प्रदेशमा विशेष प्याकेज घोषणा गर्न प्रधानमन्त्रीलाई सुदूरपश्चिमका भौतिक मन्त्रीको आग्रह

  शुक्रबार २२, मङि्सर २०८० १७:२४

कैलाली ।  सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री प्रकाश देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विशेष प्याकेज घोषणा गर्न माग गरेका छन् । सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डलाई मन्त्री देउवाले प्रदेशको विकासको लागि विशेष प्याकेजको माग गरेका हुन् ।

प्रदेशको विकासको लागि धेरै चर्चा गर्यौ अब सपना सकार गर्नु पर्छ मन्त्री देउवाले भने त्यसको लागि प्रधानमन्त्री ज्युले विशेष प्याकेज घोषणा गर्नु पर्छ । उनले सुदूरपश्चिममा लगानी गर्ने खोज्ने लगानीकर्ताको लागी सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्ने बताए ।

पन्चेश्वर, पश्चिम सेती र अपर कर्णाली निमार्णमा जोड दिन पनि मन्त्री देउवाले प्रधानमन्त्री प्रचण्डलाई अपिल गरे । उनले सुदूरपश्चिम प्रदेशमा क्रिकेटको ठूलो सम्भावना रहेको भन्दै फाप्ला क्रिकेट मैदानलाई रास्ट्रिय गौरवको आयोजनामा पारी विकास गर्न आग्रह गरे ।

उनले औद्योगिक क्षेत्र र सुख्खा बन्दरगाह निर्माणको गर्ने, उत्तर दक्षिण सडक निर्माण गर्न, गेटा मेडिकल कलेज संचालन गर्न र लगानी तथा बिकास सम्मेलनको लागि साथ दिन आग्रह गरे ।

clock शुक्रबार २२, मङि्सर २०८० १७:२४

प्रतिक्रिया