राष्ट्रिय युवा संघ नेपाल कैलालीको इन्चार्जको जिम्मेवारी तुलाचनलाई

  शुक्रबार २२, मङि्सर २०८० ०८:०३

धनगढी । नेकपा एमाले निकट युवाहरूको सङ्गठन राष्ट्रिय युवा संघ नेपालले सबै प्रदेश र जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोकेको छ। 

बिहीबार विशेष सर्कुलर जारी गर्दै इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी तोकिएको हो।

जस अन्तरगत कैलालीको इन्चार्जको जिम्मेवारी टीकापुरका उमेश तुलाचनले पाएका छन् ।

उनी नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य हुन् । 

तुलाचन कैलाली लगायत सुदूरपश्चिममा युवाहरू माझ निकै लोकप्रिय रहेका छन्।  

clock शुक्रबार २२, मङि्सर २०८० ०८:०३

प्रतिक्रिया