एमालेका युवाको सुदूरपश्चिम इन्चार्ज बने मल्ल, सह-इन्चार्जमा शाह र शाही

  शुक्रबार २२, मङि्सर २०८० ०६:४९

धनगढी । नेकपा एमाले निकट युवाहरूको संगठन राष्ट्रिय युवा संघ नेपालले सबै प्रदेशमा प्रदेश इन्चार्ज र सह-इन्चार्ज तोकेको छ। आज (बिहीबार) विशेष सर्कुलर जारी गर्दै इन्चार्ज र सह-इन्चार्जको जिम्मेवारी तोकिएको हो।

जस अन्तरगत सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी डडेल्धुराका भरत मल्लले पाएका छन् भने सह-इन्चार्जको जिम्मेवारी अछामका भरत शाह र कैलालीका सुरेन्द्र शाहीले पाएका छन्।

सुदूरपश्चिममा युवाहरू माझ निकै लोकप्रिय रहेका शाह पार्टी जिल्ला कमिटी सदस्य पनि हुन्।  शाह सामाजिक सेवा मार्फत पनि चर्चामा छन्। शाहले कोरोना कहरमा पनि सुदूरपश्चिम फाउन्डेसनमार्फत सेवा प्रदान गरेका थिए।

clock शुक्रबार २२, मङि्सर २०८० ०६:४९

प्रतिक्रिया