लुम्बिनी पुग्यो एमालेको मध्यपहाडी यात्रा

  बुधबार २०, मङि्सर २०८० ०९:४९

काठमाडौं । नेकपा एमालेको मध्य पहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ’ समृद्धिका सुदूरपश्‍चिम र कर्णाली प्रदेश यात्रा सकेको छ। 

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुदूरपश्चिम र कर्णाली प्रदेशको यात्रा सकेर हिजो साँझ लुम्बिनी प्रदेश प्रवेश गरेको छ।

हिजो यात्राका क्रममको सबैभन्दा लामो दुरी १९२ किलोमिटर पार गरेर सुर्खेतबाट टोली पूर्वी रुकुम पुगेको पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए।

हिजोको यात्रामा सुर्खेत, सल्यान, जाजरकोट, पश्चिम रुकुमका जनतासँग साक्षात्कार र अन्तरिक्रया गरिएको छ। राति करिब ९ बजेतिर टोली पूर्वी रुकुम पुगेको हो।

clock बुधबार २०, मङि्सर २०८० ०९:४९

प्रतिक्रिया