बाजुरा पुगेर महामन्त्री शर्माले भने– दलले कामको चिन्ता गर्ने हो, निर्वाचन हैन

  बुधबार २०, मङि्सर २०८० ०६:३९

बाजुरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विसं २०७९ को निर्वाचनमा पाएको जनमतका आधारमा काम गर्ने जिम्मेवारी राजनीतिक दलहरुको काँधमा भएको बताएका छन् ।

अहिलेको अवस्थामा देश र जनताका लागि मिसन ८४ नभई भिजन ९५ बनाउन आवश्यक रहेको उनले बताए । नेपाली कांग्रेस बाजुराद्वारा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबै राजनीतिक दल मिलेर अबको १५ वर्षमा देश बनाउने भिजन तयार गर्न आवश्यक रहेको बताएका छन् ।

“दलले मिसन ८४ को निर्वाचनको होइन, देश निर्माणको चिन्ता गर्नुपर्छ”, महामन्त्री शर्माले भने ।

महामन्त्री शर्माले पुरानो दल एमाले र नयाँ उदय भएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई कटाक्ष गर्दै मिसन ८४ भन्दै विभिन्न अभियान सञ्चालन गर्नुभन्दा देश बनाउने भिजन अबको १५ वर्षभित्रमा बनाउन आग्रह गरेका छन् । उनले भने, “विद्यार्थीले पढाइमा चिन्ता गर्ने हो”, परीक्षाको होइन । जसले परीक्षाको चिन्ता गर्छ त्यो अब्बल विद्यार्थी होइन ।”

clock बुधबार २०, मङि्सर २०८० ०६:३९

प्रतिक्रिया