एलपिएल प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुवात

  सोमबार १८, मङि्सर २०८० १६:२४

धनगढी । धनगढीमा सोमवार भएको एलपिएल प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पस (केएमसि) लाई ४३ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

आज भएको पहिलो खेलमा फाप्ला क्रिकेट मैदानमा निर्धारित १५ ओभरमा १२५ रनको लक्ष्य पछ्याएको कैलाली मल्टिपल क्याम्पसले पुरै ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो। 

धनगढी क्रिकेट एकेडेमीका बलर निरज ऐरले ४ विकेट लिंदै कैलाली मल्टिपलको इनिंग्स धरासायी बनाए। ऐर उक्त खेलमा प्लेयर अफ द म्याच समेत घोषित भए। उनले ३ ओभरमा १ मेडन ओभर फाल्दै मात्र ४ रन खर्चिए। अनिश अवस्थी र मान साउदले समान २÷२ विकेट लिए।

कैलालीका गणेश ऐरले सर्वाधिक १७ तथा पंकज चौधरीले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। टस हारेर ब्याटिंगको निम्तो पाएको धनगढी क्रिकेट एकेडेमीले १५ ओभरमा ६ विकेट गुमाएर १२४ रन बनायो।

धनगढीको लागि कप्तान विजय रानाले ओपनिंग ब्याटिंग गर्दै सर्वाधिक ४१ रनको योगदान दिए जुन क्रममा उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे। हृतिक थापाले अविजित ३७ रन बनाए। उनले ३० बलमा ५ चौका र १ छक्का प्रहार गरे। निरज ऐरले १० बलमा १ चौका र २ छक्काको मद्दतले २१ रन बनाए। कैलालीका बलर अभिषेक कुँवर, लोकेन्द्र खनाल र दिप कपडेलले समान २÷२ विकेट लिए।

clock सोमबार १८, मङि्सर २०८० १६:२४

प्रतिक्रिया