नेल्टा कैलालीको अध्यक्षमा नौन्याल निर्वाचित

  शनिबार १६, मङि्सर २०८० ०६:३२

कैलाली । नेपाल इङ्लिस ल्याङ्गवेज टिचर्स एसोसियन (नेल्टा) कैलालीको अध्यक्षमा धर्मदेव नौन्याल निर्वाचित भएका छन् ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा भिम के।सी, सचिवमा सुमन श्रेष्ठ , कोषाध्यक्षमा रमेश प्रसाद जोशी, सदस्यहरुमा मोहन सिंह साउँद, सुभाष चन्द्र भण्डारी , निर्मला जोशी, पार्वती जोशी, कुञ्जा भट्ट, र चुडामणि गजुरेल रहेका छन् ।

एघारौं वार्षिक साधारण सभा एक कार्यक्रमका बिच नेल्टा कैलालीको कार्यसमिति चयन गरिएको हो ।

अध्यक्ष लक्ष्मण दत्त भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश नेल्टाका अध्यक्ष रामजी हमाल थिए ।

कार्यक्रममा नेल्टा कैलालीको स्थापना कालदेखी संस्थाको बिकासमा महत्वपूर्ण योगदान पुगाएको भन्दै पुर्व अध्यक्ष तथा सल्लाहाकार केशव दत्त भट्टलाइ सम्मान गरिएको थियो ।

clock शनिबार १६, मङि्सर २०८० ०६:३२

प्रतिक्रिया