डडेल्धुराबाट देउवालाई ओलीको फोन- तपाईँको गाउँमा आएको बेला सम्झिएको छु

  शुक्रबार १५, मङि्सर २०८० ०९:३६

डडेल्धुरा । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई देउवाकै गृह जिल्लाबाट फोन गरेका छन् ।

नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा डडेल्धुरा पुगेका ओलीले देउवालाई फोन गरेका हुन् ।

ओली देउवालाई फोनमा, ‘जय नेपाल, गन्यापधुरानजिक रहेको अमरगढीमा छौं। राम्रो छ यतातिर, तपाईंको जिल्लामा आएको बेला यसो सम्झेको नि’ भने ।

नेकपा एमालेले बिहीबारबाट १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान थालेको छ ।

हिजो विहान साढे ८ बजे अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन्डोत्तोलन गरेर अभियानको सुरुआत गरेका थिए ।

अभियान सुरु भएसँगै ओली कांग्रेस सभापति देउवाको गृह जिल्ला पुगेका थिए ।

clock शुक्रबार १५, मङि्सर २०८० ०९:३६

प्रतिक्रिया