सुदूरपश्चिमका मुख्यमन्त्रीका बुवाले स्थापना गरे ‘मोहन चन्द्र शान्ति अक्षय कोष’

  मङ्गलबार १२, मङि्सर २०८० ०८:३५

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहका बुवा पूर्व प्रहरी वरिष्ठ उपरीक्षक मंगल बहादुर शाहले मोहन चन्द्र शान्ति अक्षय कोषको स्थापना गरेका छन् ।

८४ औं वर्ष प्रवेश गरेको अवसरमा शाहले सात लाख रुपैयाँको मोहन चन्द्र शान्ति अक्षय कोष स्थापना गरेका हुन् ।

उक्त अक्षयकोषको रकम शाहको जन्मस्थान अछामको रामारोशन गाउँपालिका ५ नेटाकोटको यशोदा उच्च माध्यमिक विद्यालयको स्तरोन्नति र अति जेहन्दार,दुखी निम्न आय भएका विद्यार्थीहरूको छात्रवृत्तिमा प्रयोग गरिने बताइएको छ ।

मुख्यमन्त्रीका बुवाले जन्म उत्सवको अवसरमा आयोजित पूजामा प्राप्त नगद सहित तुलादान गरेको सम्पूर्ण रकम र प्रयोग भएका बहुमूल्य सामानहरू समेत कोष मार्फत दान गर्ने घोषणा गरेका छन् ।

उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउँद, रामारोशन गाउँपालिकाका अध्यक्ष मान बहादुर साउद लगायतको उपस्थिति रहेको थियो ।

clock मङ्गलबार १२, मङि्सर २०८० ०८:३५

प्रतिक्रिया