कांग्रेस प्रमुख सचेतक लेखक भारतमा सम्मानित

  सोमबार ११, मङि्सर २०८० ०७:४८

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक भारतमा सम्मानित भएका छन। लखनउ विश्वविद्यालयले विश्वविद्यालयबाट अध्ययन गरी काँग्रेसको प्रमुख सचेतक तथा राजनीतिको माध्यमबाट समाजमा योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरेको हो।

विश्वविद्यालयले लेखकसहित स्वदेश तथा विदेशमा समाजका विभिन्न ओहदामा रही विशिष्ट योगदान पुर्‍याएका ७ पूर्वविद्यार्थीहरुलाई विश्वविद्यालयको १०३ औ स्थापना दिवसको उपलक्ष्यमा सम्मान गरेको हो।

लेखकले सन् १७८३ देखि १९८९ सम्म लखनउ विश्वविद्यालयबाट कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर अध्ययन गर्नुभएको थियो।

clock सोमबार ११, मङि्सर २०८० ०७:४८

प्रतिक्रिया