केएमसीमा ‘बीबीएम फेस्ट’ हुने, स्टल बुकिङका लागि आवेदन खुला

  सोमबार ११, मङि्सर २०८० ०७:२२

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा ‘बीबीएम फेस्ट’ अन्तर्गत स्टलको लागि आवेदन खुला गरिएको छ ।

उक्त फेस्ट अन्तर्गत मंसिर १३ र १४ गते स्टल राखिने भएकाले केएमसीमा अध्ययनरत व्यक्ति वा समूहले आफ्नो आइडियासहित स्टल राख्नका लागि आवेदन खुला गरिएको हो ।

स्टल राख्न सकिने क्षेत्रहरुमा वीजनेस आइडिया, टेक्नोलोजी एण्ड इनोभेसन, आर्टस एण्ड लीट्रेचर, खेल र फूड आइटम रहेका छन् ।

आवेदनका लागि अन्तिम मिति मंसिर ११ गतेसम्म तोकिएको आयोजकले जनाएको छ ।

आवेदनका लागि ९८६५८४७११७ र ९७४९८००९७७ मा फोन गर्न सकिनेछ । त्यस्तै क्याम्पसमा रहेको बीबीएम विभागमा पनि सम्पर्क गर्न सकिने जनाइएको छ ।

सिर्जनशीलता, नवीनता, स्थानीय परिकार र मौलिकतालाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

clock सोमबार ११, मङि्सर २०८० ०७:२२

प्रतिक्रिया