दुर्गा प्रसाईं समूहले आज कलंकी, रत्नपार्क र बालाजुमा प्रदर्शन गर्ने

  आइतबार १०, मङि्सर २०८० १०:१८

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं समूहले आज काठमाडौँका तीन ठाउँमा प्रदर्शन गर्ने भएका छन् । 

समूहले आज कलंकी चोक, रत्नपार्क र बालाजु बिजी मलमा प्रदर्शन गर्ने भएका हुन् । 

सबै स्थानमा बिहान ११ बजे प्रदर्शन गर्ने राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले जानकारी दिएको छ । 


यसअघि उक्त महाअभियानले आज भक्तपुरको दरबारक्षेत्रमा कार्यक्रम गर्ने बताएको थियो । उक्त कार्यक्रम भने स्थगित भएको बताइएको छ । 

clock आइतबार १०, मङि्सर २०८० १०:१८

प्रतिक्रिया