प्लान्ट क्वारेण्टीन सञ्चालनका लागि कर्मचारी पठाउने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

  शनिबार ०९, मङि्सर २०८० ११:०९

काठमाण्डौ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले धनगढीमा प्लान्ट क्वारेण्टीन सञ्चालनका लागि कर्मचारी पठाउने निर्णय भईसकेको बताएका छन् ।

मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा आज बिहान बालुवाटार पुगेको सुदूर पश्चिम प्रदेश सरकारको टोलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई कृषि मन्त्रि बेदुराम भुसालले त्रिनगर भन्सार कार्यालयमा प्लान्ट क्वारेण्टीन सञ्चालनका लागि कर्मचारी पठाउने निर्णय गरिसकेको जानकारी दिएको बताए ।

प्रधानमन्त्री दाहालले बुधवार मन्त्रीपरिषदको बैठकबाट उक्त निर्णय पारित गर्ने प्रतिबद्धता समेत गरेका छन् । प्रधानमन्त्री दाहालले केही दिनमै प्लान्ट क्वारेण्टी सञ्चालनका लागि कर्मचारी पठाउने समेत प्रतिबद्धता गरे ।

साउन २८ गतेदेखि बन्द रहेको प्लान्ट क्वारेण्टीन कार्यालय सञ्चालनका लागि प्रदेश सरकारले पटक पटक ध्यानाकर्षण र आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै मुख्यमन्त्री शाहले गरेको गुनासोमा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।

मुख्यमन्त्री शाहले प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा बिकास सम्मेलन सफल पार्न प्रधानमन्त्रीसंग आग्रह गरे । त्यसका साथै बेतनी कर्णाली आयोजना निर्माणका लागि गम्भीरतापूवर्क लाग्न समेत प्रधानमन्त्री दाहालसंग शाहको आग्रह थियो ।

प्रधानमन्त्री दाहालले सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन सफल पार्न मन्त्री परिषदको बैठकबाट निर्णय गर्ने प्रतिबद्धता गर्दै भने, लगानी बोर्डको अध्यक्ष म स्वय हु । लगानी तथा विकास सम्मेलन पार्न लगानी बोर्डलाई पनि परिचालन गर्नेछु ।

प्रधानमन्त्री दाहालले बेतन कर्णाली आयोजना निर्माणका लागि सरकार गम्भीर रहेको र सो आयोजना निर्माणमा सरकार जुटेको जानकारी दिए ।

प्रधानमन्त्रीसंगको भेटघाट तथा छलफलमा भौतिक पूर्बाधार मन्त्रि प्रकाश देउवा, आर्थिक मामिला मन्त्रि नरेश कुमार शाही, सामाजिक विकास मन्त्रि झपट साउँद समेत सहभागी थिए ।

clock शनिबार ०९, मङि्सर २०८० ११:०९

प्रतिक्रिया