डडेल्धुराको अजयमेरु गाउँपालिकाले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

  बिहिबार ०७, मङि्सर २०८० १३:५५

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकाले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रमअन्तर्गत एमबीबीएस अध्ययन गर्ने एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागेका हो।

गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ।

चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबीबीएस प्रवेश परीक्षा उत्तिर्ण भई एमबीबीएस अध्ययनरत अजयमेरु गाउँपालिकाका स्थायी बासिन्दालाई छात्रवृत्ति प्रदान गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र ओझाद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ।

clock बिहिबार ०७, मङि्सर २०८० १३:५५

प्रतिक्रिया