माओवादी केन्द्रका नेता बोक्सर सहित डेढ सय बढी नेता कार्यकर्ताले छाडे एकै दिन पार्टी

  शुक्रबार ०१, मङि्सर २०८० १४:५१

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य कृष्णदत्त जोशी बोक्सर सहित विभिन्न दलका नेता कार्यकर्ताले पार्टी छाडेका छन् ।

नेकपा माओवादी केन्द्र सहित काँग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता पार्टी छाडेर स्वतन्त्र भएका छन् । उनीहरुले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरी पार्टी छाडेर स्वतन्त्र भएको घोषणा गरेका हुन् ।

सार्वजनिक विज्ञप्ति अनुसार १ सय ५६ जनाले पार्टी छाडेका छन् । पार्टीमा छाड्नेमा अधिकाँश माओवादी केन्द्रका नेता कार्यकर्ता छन् । 

विज्ञप्तिमा उनीहरुले पार्टी छाडेर तटस्थ बस्ने र सामाजिक कार्यमा लाग्ने बताएका छन् । विज्ञप्तिमा राष्ट्र र समाज निर्माणको अभियान पूराना राजनीतिक दलबाट पूरा हुन नसक्ने निष्कर्ष निकालिएको उल्लेख गरिएको छ । पार्टी छाडेर स्वतन्त्र हुने सबै भीमदत्त नगरपालिकाका छन् ।

 

 

 

 

clock शुक्रबार ०१, मङि्सर २०८० १४:५१

प्रतिक्रिया