मुख्यमन्त्री शाहले दुई बहिनिबाट लगाए टिका

  बुधबार २९, कार्तिक २०८० १५:४१

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले दुई बहिनिबाट टीका ग्रहण गरेर भाईटिका मनाएका छन् ।

मुख्यमन्त्री शाहले बहिनी रेखा चन्द र मञ्जु शाहबाट टिका ग्रहण गरेका हुन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १०ः५१ बजेलाई शुभ साइत तय गरेको थियो। 

शुभ साइतमा मुख्यमन्त्री शाहले टीका ग्रहण गरेका थिए । 

दिदीबहिनीहरूले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाएको मुख्यमन्त्री शाहले बताए।

clock बुधबार २९, कार्तिक २०८० १५:४१

प्रतिक्रिया